हङकङमा एक नेपालीलाई आजीवन जेल सजाय हुन सक्ने…

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई। हङकङको उच्च अदालतले एक नेपालीलाई आजीवन जेल सजाय हुन सक्ने चेतावनी दिएको छ।

छिमेकी दम्पतिको हत्यासहित अन्य १७ वटा अभियोगमा ४० वर्षीय शिवकुमार गुरुङलाई आजीवन जेल सजाय हुन सक्ने अदालतले मंगलवार चेतावनी दिएको हो।

यद्यपि, मुद्दाको फैसलाको छिनोफानो हुन लामो समय लाग्न सक्ने बताइएको छ।

फोटो सौजन्यः अन सीसी

घटना तीन वर्षअघि २०१७ डिसेम्बर ३ तारिखको हो। समाचार स्रोतका अनुसार लामो समय काम नगरेका बेरोजगार शिवकुमार युन लङको टियानसिन गाउँमा टीनले छाएको घरमा बस्थे। घरबेटीले घरभाडाको नतिरेको भन्दै घरबाट निकालि दिएपछि आक्रोशित शिवकुमारले अर्को दिन बिहानै सोही घर गएर आगो लगाई दिएका थिए।

शिवकुमार

आगलागीले छिमेकी घरसमेत जलायो। आगजनीका कारण छिमेकी घरभित्र रहेका पूर्वगाडीचालक ६६ वर्षीय चेन जिआमो र उनकी ५५ वर्षीया पत्नीको मृत्यु भएको थियो।

आगजनी

हङकङमा जन्मेका अविवाहित शिवकुमारमाथि लडाई, झगडा, चोरी, ड्रग्स, आपत्तिजनक हतियार, हत्यालगायत १७ वटा अभियोग शामिल रहेको जनाइएको छ।

शिबकुमारले छिमेकी दम्पतिको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आइरहेका छन्। उनको मुद्दाको सुनुवाई जुलाई २ सम्म स्थगित गरिएको छ।

मृतक दम्पति

फोटो सौजन्यः अनसीसी, एचके जिरो वान, एप्पल डेली

आगजनी
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37432