BREAKING: हङकङका सबै विद्यालयहरु सोमबारदेखि बन्द हुने…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, १० जुलाई। कोरोना भारइरस प्रकोपका कारण लामो समय बन्द भएर खुलेको महिना दिनपछि फेरि हङकङका सबै विद्यालयहरु सोमबार (१३ जुलाई) देखि बन्द हुने भएका छन्।

हङकङमा कोविड१९ को महामारी बढ्दै गइरहेपछि शिक्षा सचिव केभिन येउङले आज दिउँसो सबै प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टनहरुले सोमबारदेखि गर्मी विदा लिन सक्ने घोषणा गरेका हुन्।

फोटोः 247 News TODAY

अधिकांश विद्यालयहरुमा परीक्षाको तयारी भइरहंदा परीक्षा सकेर गर्मी विदा गर्ने वा परीक्षा स्थगित गरेर सेप्टेम्बरमा लिने यसको निर्णय गर्ने अधिकार शिक्षा ब्यूरोले विद्यालयलाई सुम्पेको छ।

यदि स्कूलले सेप्टेम्बरमा प्राथमिक विद्यार्थीको सबमिशन टेस्टको तयारी पूरा गरिसकेको भए २० अक्टुबरसम्म समय बढाउन सकिने उनले बताए।

S3 देखि S5 का विद्यार्थीहरूको लागि परीक्षा सकेर वा त्यसअघि नै गर्मी बिदा सुरु गर्न सक्ने निर्णय विद्यालयलाई सुम्पेको छ।

त्यस्तै ‘प्री-सेकेन्डरी वानको परीक्षा’ १४ जुलाईको पूर्वनिर्धारित समयमै लिने वा नलिने निर्णय गर्न विद्यालय स्वतन्त्र रहेको केभिन येउङले बताए। यदी परीक्षा नलिने हो भने सोमबार दिउँसो १२ बजे शिक्षा ब्यूरोलाई सूचित गर्नुपर्नेछ।

पछिल्लो समय हङकङमा विद्यार्थी, अभिभावक, शिक्षकमा समेत कोरोना संक्रमण देखिएपछि गर्मी विदालाई महिना दिनअघि नै सारेर विद्यालय बन्द गर्न सक्ने निर्णय सरकारले गरेको हो।

हङकङमा शुक्रवार ३२ जना स्थानीय र ६ जना आयातीत गरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, हिजो विहीवारमात्र ३४ स्थानीयसहित ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो।

हङकङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १,४०४ पुगेको छ। तिमध्ये १,१८७ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। १७२ जनाको उपचार भइरहेको छ। दुई जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा सात जनाको ज्यान गएको छ।
[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37529