संगीतकार श्रेष्ठको ‘गाँउकी गोरी’…

रोशन मेवाहाङ / एचकेनेपाल डट कम-

लण्डन, ५ साउन। सांगीतिक दुनियाँमा चर्चित बनिरहेका संगीतकार चन्द्र श्रेष्ठद्वारा संगीतबद्ध ‘गाँउकी गोरी’ म्यूजिक भिडियोलाई गायिका अञ्जना राईले आफ्नो सामाजिक संन्जाल युट्युब मार्फत सार्वजनिक गरेकी छन्।

संगीतकार चन्द्र श्रेष्ठको मिठो संगीत रहेको ‘गाँउकी गोरी’ बोलको रचनाभित्र वास्तवमा आफ्नो लाली जवानीलाई बयान गर्ने कुनै शब्द नै नभएको र सोह्र शृंगारले भरिएको सुन्दर बैस कसैलाई उपहार दिने मनसाय रहेको साथै प्रियतमलाई दिलभित्र सजाई सकेको आभास हुन्छ।

गायिका अञ्जना राई

पछिल्लो समय सांगीतिक कार्यमा निकै ब्यस्त बनिरहेका संगीतकार श्रेष्ठ आफै पनि एक कुशल गायक हुन्। उनले गाएका र संगीत भरेका दर्जनौ गीतहरु दर्शकहरु माझ लोकप्रिय छन्। त्यसमा पनि माया प्रेममा कोरिएका शब्दहरुमा राम्ररी डुब्न सक्छन्। जसको ज्वलन्त उदाहरण यो गीत पनि पर्दछ ङ।

गायिका राईको आवाज भरिएको ‘गाउँकी गोरी’ गीतलाई गीतकार दिनेश बस्नेत मायालुले रचना गरेका हुन्। राजु कार्कीको एरेन्ज रहेको म्यूजिक भिडियोलाई रामकुमार केसीले निर्देशन गरेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37691