हङकङमा कोरोनाले थप दुई जनाको ज्यान लियो….

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, २१ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा मंगलवार थप दुई जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

मृत्यु हुने दुबै जना त्सज वान शान क्षेत्रका बासिन्दा रहेका छन्। जहाँ दुई साताअघि कोरोनाभाइरसको प्रकोपको नयाँ लहर सुरु भएपछि दर्जनौं कोरोनाबाट संक्रमित भएका थिए।

फाइल फोटो

हस्पिटल अथोरिटीका प्रवक्ताका अनुसार ७७ वर्षीय पुरुषको विहान करीव २ बजे क्वीन मेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै, ८७ वर्षीय पुरुषको बिहान करीब ३ बजे उपचारको क्रममा प्रिन्स वेल्स अस्पतालमा मृत्यु भएको छ। उनी त्सज वान शानस्थित कोङ ताई केयरमा बस्दै आएका थिए।

हङकङमा कोरोना संक्रमितको संख्या १,९५९ पुगेको छ। कोरोना संक्रमितहरुमा १,३०२ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६२ जनाको उपचार भइरहेको छ। २१ जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १४ जनाको ज्यान गएको छ।





Comments

comments

37713