अपडेटः हङकङमा कोरोनाबाट आज २ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा शनिवार दुई जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा उपचारको क्रममा ८४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

स्वासप्रश्वासमा समस्या, थकान र गम्भीर निमोनियाको लक्षण देखिएपछि उनलाई १६ जुलाई दिउँसो उपचारको लागि युनाइटेड क्रिश्चियन अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था बिग्रिएपछि पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा सारिएको थियो। उनको शनिवार विहान करीव ४ बजे निधन भएको जनाइएको छ।

फाइल फोटो

त्यस्तै, आजै दिउंसो अर्को एक ६० वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। हृदयघातका कारण शुक्रवार उनलाई अस्पताल भर्ना गरिएको थियो। उनमा कोरोना संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ।





Comments

comments

37758