कोरोनाबाट हङकङमा थप १ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जुलाई। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा बुधवार थप एक जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

अस्पताल अथोरिटीले ७६ वर्षीय महिलाको क्वीन एलिजाबेथ अस्पतालमा मृत्यु भएको पुष्टि गरेको छ। कोरोना संक्रमित विरामीको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको जनाइएको छ। स्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि उनलाई जुन ३० तारिख अस्पताल भर्ना गरिएको थियो।

फाइल फोटो

हङकङमा मंगलवारसम्म कोरोना संक्रमितको संख्या २,८८५ पुगेको छ। कोरोनाका विरामीमध्ये १,५८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१०० जनाको उपचार भइरहेको छ। उपचार भइरहेका ४० जना विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37827