अपडेटः कोरोनाबाट हङकङमा थप ३ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ जुलाई। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा थप तीन जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

विहीवार राति करीव ८ बजे क्वीन एलिजाबेथ अस्पतालमा एक ८० वर्षीय पुरुष, शुक्रवार बिहान सवा १२ बजे चुन मुन अस्पतालमा एक ८२ वर्षीया महिला र विहान करीव साढे ११ बजे क्वीन मेरी अस्पतालमा ९१ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ। उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

उनीहरुलाई ज्वरोले च्यापेपछि ८० वर्षीय पुरुषलाई जुलाई १८ तारिख, ८२ वर्षीया महिलालाई जुलाई २६ तारिख र ९१ वर्षीय विरामीलाई जुलाई १० तारिख अस्पताल भर्ना गरिएको थियो।

कोरोना संक्रमणको जोखिम हङकङमा सबैभन्दा बढी जेष्ठ नागरिकलाई परेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुमा अधिकांश जेष्ठ नागरिक रहेका छन्।

फाइल फोटो

हङकङमा कोरोना संक्रमितको संख्या ३,२७३ पुगेको छ। १,७५१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,१८७ जनाको उपचार भइरहेको छ। ४३ जना कोरोना सङ्क्रमित विरामीको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37853