Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वास्तवमा के भएको थियो ओलीको हातमा ?

काठमाडौं, ३ माघ। एमाले अध्यक्ष केपी ओलीले दायाँ हत्केलामा पट्टी बाँध्न थालेको करिब आठ महिना भइसक्यो। सुन्निएको हत्केला र औँलाहरूलाई आंशिक रूपमा छोप्ने गरी बाँधिएको त्यही सेतो पट्टीबारे उनका कार्यकर्तादेखि सर्वसाधारणसम्मले थरी–थरीका टिप्पणी गर्ने गर्छन्।

हातमा पट्टी लगाउन थालेको केही महिनासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुँदा ओली थकितजस्ता देखिन्थे। तर, पछिल्लो केही समययता उनी निक्कै जोसिला र आक्रामक देखिएका छन्। त्यही पट्टी बाँधेको हातले माइक्रोफोन समाएर भाषण गर्छन्, त्यही हातले मोबाइल चलाउँछन्। तर, पट्टीभित्र हातको अवस्था के छ भन्ने थोरैलाई मात्र थाहा छ।

ओलीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहका अनुसार फंगस इन्फेक्सनले सुन्निँदै गएको दायाँ हत्केला र औँलाहरू निको पार्न तथा थप संक्रमण फैलन नदिन पट्टी बाँधिएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

उनका अनुसार एक महिनाभित्रमा पट्टी खोलिनेछ। ‘सुन्निएको दायाँ हत्केला तथा औँलाहरू लगभग पुरानै अवस्थामा आइसकेका छन्। ९० प्रतिशत निको भइसकेको छ,’ डा. शाहले भनिन्, ‘अब तीन–चार हप्तामा पट्टी खोलिन्छ होला।’





Comments

comments

3789