सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्रीबाट फैलन्छ कोरोना

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौँ – मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन्।

कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन्।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए।

सङ्क्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा निषेधाज्ञाको आदेश दिएको छ । तथापि अस्पताल आउजाउमा रोक लगाइएको छैन।

फाइल फोटो

त्यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, पानी लगायतका पसल पनि निश्चित समय खोलिने गछनर्् तर मानिसले आफू घरभित्रै बसे पनि आफ्नो वरपर प्रयोग गरिएका वस्तु जथाभावी फाल्ने क्रम नरोकिएको वातावरणविद् शर्मा बताउँछन्।

सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको उनी बताउँछन् । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा मानिसले नबुझेको उनी सुनाउँछन्।

त्यस्तै यतिबेला अस्पतालजन्य फोहोर व्यवस्थापन पनि उही परम्परागत ढङ्गमा नै विसर्जन हुनु सङ्क्रमण फैलाउने अर्को चुनौती बनेको दाबी उनको छ । यसले हरेक दिन घर, टोलसँगै अस्पतालबाट फोहोर सङ्कलन गर्ने व्यक्ति सबैभन्दा उच्च जोखिममा परेका छन्, उनी भन्छन् । अस्पतालबाट ठोससँगै तरल फोहोरबाट पनि कोरोना भाइरस बाहिर समाजको सम्पर्कमा पुगेको अनुमान उनी गर्छन्। यो समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन्।





Comments

comments

38195