सरकारले कुलमानको विकल्प खोजे, जनताले सरकारको विकल्प खोज्ने..

सन्तोष थलङ –

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक नियुक्तिका बिषयमा बिभिन्न चर्चा परिचर्चा चलिरहेको छ। देश बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको चाहना र सर्बसम्मत एवं निर्विकल्प माग बर्तमान निर्देशक कै पुनर्नियुक्ति रहेको छ।

अहिलेको विद्युत प्राधिकरणको स्थिति र अवस्थालाई हेर्दा कुनै पनि हालतमा बर्तमान प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिनुको बिकल्प छैन।

कुलमान घिसिङ

कुलमान घिसिङलाई आगामी कार्यकालका लागि पुनर्नियुक्ति नगरे अहिलेको स्थिति र बिगतको अवस्था हेर्दा देशले पुन:अन्धकार भोग्ने निश्चित देखिन्छ ।

अहिले कुलमानको बिकल्पमा चमत्कारिक र ईमान्दार अरु कुनै निर्देशक आए पनि उसलाई अहिलेको प्राधिकरणको गति पकड्न कम्तीमा एक डेढ बर्ष लाग्न सक्छ। नेपाल जस्तो विकासशील देशमा विद्युत बिकासको गति एक डेढ बर्ष अबरुद्ध हुनु भनेको देश बिकासमा अकल्पनीय क्षति हुनु हो।

अहिलेको युगमा विद्युतको पहुंच नभएको देश र जनताको बिकास सम्भव छैन।

लेखक सन्तोष थलङ

यो यथार्थ नेपाली जनताले प्रष्ट बुझेका छन्। त्यसैले, सरकारले कुलमानको बिकल्प खोज्न थाल्यो भने यो सरकार र नेकपाको दिन गन्ती (काउण्ट डाउन) सुरु हुनसक्छ। कारण जनताको भावना र जनमतलाई नजर अन्दाज गर्ने सरकार र राजनैतिक पार्टीहरूले यो दुनियामा ढिलो छिटो अकल्पनीय नियति भोगेकै छन्।

त्यसैले देश र जनताको चाहना, भावना र आवश्यकतासंग खेलवाड गरेर सरकारले संकट निम्त्याउदैन भन्ने आशा राखौं।

जय उज्यालो नेपाल !!!

(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)





Comments

comments

38203