हङकङका विद्यालयहरु सेप्टेम्बर २३ तारिखदेखि खुल्ने…

पशन तमू / एचकेनेपाल डट कम-

हङकङ, ३१ अगष्ट । कोरोना महामारीका कारण बन्द रहेका हङकङका विद्यालयहरु सेप्टेम्बर २३ तारिखदेखि खुल्ने भएका छन्।

शिक्षा ब्यूरोले सोमबार दिएको जानकारी अनुसार हङकङका सबै विद्यालयका कक्षाहरु क्रमशः र व्यवस्थित ढंगले फेरि सुचारू हुनेछन्।

शिक्षा सचिव केविन येउंगका अनुसार पहिलो चरणमा सेप्टेम्बर २३ तारिखदेखि प्राइमरीका P1, P5 र P6 र सेकेण्डरीका S5 र S6 सम्मका कक्षाहरु सञ्चालन हुने छन्। त्यस्तै सोही मितिदेखि किन्डरगार्टन K3 का विद्यार्थीको कक्षासमेत सञ्चालन हुने छन्।

फोटोः 247 News TODAY

दोश्रो चरणमा सेप्टेम्बर २९ तारिखदेखि प्राइमरीका P2 देखि P4 सम्म र सेकेण्डरीका S2 देखि र S4 सम्मका कक्षाहरु सञ्चालन हुनेछन्। त्यस्तै सोही मितिदेखि किन्डरगार्टन (K1-K2) विद्यार्थीको कक्षासमेत सञ्चालन हुने छन्।

कोरोनाभारइसका कारण अर्को सूचना नभएसम्मकालागि हङकङमा विद्यालयहरु बन्द गरिएका थिए। विद्यालय बन्द भएपछि किन्डरगार्टन, प्राथमिक र माध्यमिक विद्यालयहरूमा अध्ययन गर्ने ९ लाख विद्यार्थीको पठनपाठन प्रभावित बनेको थियो।

यसअघि, हङकङमा कोरोना संक्रमणको तेस्रो लहरपछि शिक्षा विभागले अनलाइन कक्षा सञ्चालन गर्न भनेका थिए।





Comments

comments

38252