स्थानीय निर्वाचनमा रूसको सत्तारूढ पार्टीलाई बहुमत निश्चित

रूसको केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक प्रारम्भिक नतिजा अनुसार सत्तारुढ पार्टी युनाइटेड रसियाले शुक्रवारदेखि आइतबारसम्मको स्थानीय निर्वाचनको नतिजामा बहुमत सदस्य जित्न सफल भएको छ।

रसियाका ८५ क्षेत्रमध्ये ८३ क्षेत्रमा गरिएको निर्वाचनले १८ क्षेत्रीय गभर्नर, चार प्रदेशका सभासद, ११ वटा क्षेत्रीय संसद सदस्य र २२ नगरपालिका सभाका सदस्यलाई निर्वाचित गर्नेछ।

फाइल फोटो

यूनाइटेड रसिया पार्टीले निर्वाचन भएका सम्पूर्ण पदहरूमा बहुमत प्राप्त गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क र जारी मत गणनाले देखाएको छ।

‘निर्वाचन कुनै अवरोध विना सम्पन्न भएको र सामान्यतया स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न भएका छन्,’ निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बताए। सिन्ह्वा





Comments

comments

38460