हङकङ सरकारले $१०,००० बाँड्दै, वितरण प्रक्रिया आजदेखि शुरु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ सेप्टेम्बर। हङकङ सरकारले कोरोना भाइरसको महामारीका कारण कठिन अवस्थामा रहेका र निम्न आय स्रोत भएका गैर-स्थायी बासिन्दा (non-permanent residents) लाई १० हजार हङकङ डलर राहत रकमको बितरण प्रक्रिया आइतवारदेखि शुरु गरेको छ।

हङकङका गैर-स्थायी बासिन्दाले बैंक अफ चाइनाको इन्टरनेट बैंकिङमार्फत वा बैंकको शाखाहरुमा कागजी फारम भरेर आवेदन दिन सक्ने छन्।

यो सुविधा लिनको लागि विदेशी घरेलु सहयोगीहरू, होली डे भिसामा काम गर्ने व्यक्ति, प्रोफेशनल भिसाका व्यक्ति र मुख्य भूमि चीनका प्रतिभाहरु योग्य हुने छैनन्।

यो योजनाको लागि आवेदन दिने अन्तिम मिति यो वर्षको डिसेम्बर ३१ तारिखसम्म रहनेछ। यस योजनाबाट २०३,००० मानिसहरू लाभान्वित हुने आशा गरिएको छ।

फाइल फोटो




Comments

comments

38645