Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संघिय लिम्बुवान समाज कतारको प्रेस विज्ञप्ति

संघिय लिम्बुवान समाज कतारको प्रेस विज्ञप्ति
मितिः जनवरी १९, २०१५
संविधानसभाबाट दुईतिहाईको दभ्भमा, सत्ताको आडमा कांग्रेस र एमालेले जवर्जस्ती संविधान जारी गर्ने तिगडमवाजी गरिरहेकाछन् भने अर्कोतर्फ आदिवासी, जनजाती, महिला, मुस्लिम मधेस, दलित र उत्पिडनमा परेका विभिन्न समुदायहरुलाई पाखा गर्दै उनीहरुका जायज मागलाई वेवास्ता गर्दै सविधानमा पहिचान र जातिय पहिचानको संघियतालाई सम्बोधन नगर्ने बरु यसका लागि आन्दोलनरत आदीवासी, जनजातीहरुलाई धरकपट गर्दै निरुत्साहित बनाउने षडयन्त्र गरिरहेकाछन्।

पहिचानवादीहरुको आन्दोलनलाई अनेक किसिमको हल्ला र लफफाजी गर्र्दै कमजोर बनाउने प्रयास गरिरहेकाछन् । एकात्मकवादी शासन चलाउदै आएका एकल जातिय, यथास्थितिवादीहरुले व्राहमणवादी एकलजातिय शासन, हालीमुहालीलाई निरन्तरता दिन र आदीवासी जनजातीहरुलाई ओझेलमा पारेर केन्द्रिकृत शासनको माध्यमद्धारा सिहदरवारबाटै निरन्तर शासन गर्न चाहेका एकात्मकवादीहरुले जनजातीले चाहेको पहिचानको संघियतालाई देश टुक्रयाउने गतिविधी भन्दै भ्रम सृजना समेत गरिरहेको र पहिचानको संघियता दिन नचाहेकोमा संघिय लिम्बुवान समाज कतारको गम्भिर ध्यानाकर्षण भएको छ।

लिम्बुवान पहिचान र स्वायत्त अधिकार सहितको संघियता संविधानमा स्पष्ट लेखिनुपर्छ र अरुण सप्तकोशी पुर्वका नौ जिल्ला संघिय लिम्बुवान प्रदेश (राज्य) भनेर किटानका साथ घोषणा हुनुपर्दछ भन्ने संघिय लिम्बुवान समाज कतारको जोडदार माग रहेको छ साथै यो पुर्व नौ जिल्लाका लिम्बुवानवासीको बुलन्द आवाज हो । यो आवाजलाई अव कसैले रोकेर, दमन गरेर, धरकपट गरेर रोकिनेछैन । वर्तमान परिप्रेक्ष्यमा पहिचान विलय हुन नदिन संघिय लिम्बुवान पार्टी, नेपालले विभिन्न चरणमा आन्दोलन जारी राखेको छ भने पहिचानका विरोधी र जनजातीहरुप्रति विभेदपुर्ण व्यवहार गर्ने कुनैपनि तत्व, तह र तप्कासंग पहिचानवादीहरुले ढिलो चाडो अवश्य हिसावकिताव गर्ने नै छ।

लिम्बुवानवासीहरु यो आन्दोलनमा सक्रियताका साथ गाँउगाँउ बस्तीबस्ती र शहरबाट उठ्नुहुनेछ र अरुको पहिचानको लागि मुलुक र विश्वको अन्य कैयौं मुलकहरुमा गएर विरताका साथ लडेका लिम्बुवानवासीहरु अव लिम्बुवानका लागि लड्न हामी एकजुट होऔं भन्ने आग्रह सहित प्रवासबाट पहिचानको लागि भईरहेको आन्दोलनप्रति पुर्ण ऐक्यवद्धता जाहेर गर्दै संघिय लिम्बुवान समाज कतार यो प्रेस विज्ञप्ती जारी गर्दछ।
नेपाल हाम्रो देश हो, लिम्बुवान हाम्रो घर हो।

जय लिम्बुवान।

तिलविक्रम थेवे
महासचिव

नरेन्द्र एभेङ्ग
अध्यक्ष
संघिय लिम्बुवान समाज कतारका सम्पूर्ण क्षेत्रिय समितिहरु





Comments

comments

3872