अमेरिकाका महाबाणिज्यदूत तथा बाणिज्यदूतहरुको हेरफेर, प्रेमराजा महतलगायतको कार्यकाल थप ४ बर्ष

विजय थापा-

डिसी, अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतहरुको हेरफेर भएको छ।

गत २०७७ साल असोज १९ गते बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो।

उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो। मन्त्रिपरिषदले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिकालगायत बिश्वका विभिन्न मुलुकमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतलाई हेरफेर गरेको छ।

अवैतनिक बाणिज्यदूत सम्बन्धि (पाँचौ संसोधन)नियमावली ,२०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले उक्त विवरण दिएको छ।

फाइल फोटो

अमेरिकाका विभिन्न राज्यमा महाबाणिज्यदूत तथा बाणिज्यदूतको रुपमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरुमध्ये अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महतलाई ४ बर्ष अर्को कार्यकालको लागि थप गर्ने निर्णय गरेको छ।

साथै अमेरिकाको इलोनोइस राज्यका लागि अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रसटिन, हवाईमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोल ,ओहायो राज्यमा कार्यरत अवैतनिक महाबाणिज्यदूत डा विलियम सि क्यासेललाई थप ४ वर्ष कार्यकालको लागि नियुक्ति गरिएको छ।

यसै गरि वाशिंगटनको सियाटलमा अवैतनिक बाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। अमेरिकामा कार्यरत अन्य अवैतनिक बाणिज्यदूत तथा महाबाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन। उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ।

मेरिल्याण्ड राज्यका महाबाणिज्यदूत पदमा कार्यरत महतले पुन: सेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रिपरिषदलाई धन्यबाद दिएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38805