नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन्।

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन्।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो। नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो।

फाइल फोटो

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन्। नागरिक दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38891