दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ।

प्रहरीले केराउ ९मटर०का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन्। दुवै जना राति १० बजेदेखि नै सम्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो। माथिल्लो निकायमा समयमै किन खबर गरिएन ?

सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ। असइको टोलीसँग नहुने कुरै भएन। संवेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान्। केही परिहाले आकस्मिक टोलीका लागि कुरा गरे होलान्। तर, प्रहरी यसबारे अनुसन्धान भइरहेको छ भनेर पन्छिन्छ। सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन्।

फाइल फोटो

सीमा नाकामा हुने चोरी तस्करी र आपराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ। त्यसो हो भने ब्याक फोर्स किन गएन ?

दुई प्रहरी मारिएको घटनास्थलको पूर्व र पश्चिम सशस्त्र प्रहरीका दुईवटा बीओपी छन्। पूर्वतर्फको बीओपीको दूरी झन्डै एक किमि मात्रै छ। तर, त्यस रात सशस्त्र प्रहरी गस्तीमा गएको देखिँदैन। ‘संयोग हो वा जानी–जानी हो थाहा भएन।
अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।





Comments

comments

38947