एपी शेर्पाले ल्याए दशैं गीत…

धरान / गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन्।

कोभिड -१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियोसहित रिलिज गर्ने योजना भए पनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानलमार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन्।

गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन्।
“बर्षदिनमा आउने चाँड
खुशीले छायो सारा गाउँ शहर
दुःखलाई भुलाई सबै एकै ठाउँमा मिली
खुशीले रमाउ आऊ झुमौं
नाचौं गाऔं गरौँ रमाइलो
दशैं आयो
खुशीको बहार आयो
गाउँ शहरमा उमंग छायो ”

AP Sherpa

आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियो सहित गीत रिलिज गर्ने वातावरण तयार होस् भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन्।

एपी शेर्पाको दशैं गीतको भिडियो लिंक :





Comments

comments

38970