ब्रुनाईका राजकुमारको ३८ वर्षको उमेरमा निधन, सात दिनसम्म राष्ट्रिय शोक

काठमाडौं । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ।

उहाँ ३८ वर्षको हुनुहुन्थ्यो।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुनुहुन्थ्यो।

फाइल फोटो

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन। रासस/सिन्ह्वा





Comments

comments

38997