Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं – सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ।

सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्।

पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ। भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ। ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन्।

फाइल फोटो

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो। सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो। अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन्।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।





Comments

comments

39115