मुकेश देवले ल्याए देउसी गीत

धरान । कोरोनाको महामारीको कारण यसपाली देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक बर्ष झैँ देउसी गीतहरु निकाल्ने क्रम यस बर्ष पनि जारी नै रहेको छ।

यसैको भींडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु, बिनोद खम्बु , मिना निरौलालगायतका गायक गायिकाहरु संगको सामुहिक देउसी गीत रिलिज गरेका छन्।

“तिहारै आयो मनै रमायो” बोल रहेको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

केदार धितालको शब्दमा बिनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु , बिनोद खम्बु र मिना निरौलाको स्वर सुन्न सकिनेछ।

फाइल फोटो

तिहारै आयो मनै रमायो
चेली देख्दा माईतीको आँसु बरर हो, आँसु बरर
खुशीको आसुँ झर्छ बरर
माइती देख्दा चेलीको आँसु बरर हो,आँसु बरर
बर्ष र दिनको चाड र पर्व
चेलि माइती सङ्ग सङ्गै मनाउँ मिलेर हो, मनाउँ मिलेर
माईतीको साथ पाए चेलिले
दुःख बिर्सी सुखको आँसु बरर माइती,आँसु बरर
आहै झिलिमिलि झिलिमिलि देउसीरे
आहै के को झिलिमिलि देउसीरे

भिडियो लिंक :





Comments

comments

39230