मंसिरमा भाइटीका लगाउनु हुँदैन भन्ने हल्लाका पछि नलाग्‍न आग्रह

काठमाडौं, नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरे।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन्। मंसिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लगन १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए।

प्रतीकात्मक तस्विर

यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो। भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट सप्तरङ्गी टीका लगाएर आपसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पनि समितिले आग्रह गरेको छ।

रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

39255