मूर्ति चोरीको आरोपमा दीपक मनाङेकी श्रीमती पक्राउ

हेटौडा, मंसिर ११ । प्रदेश सांसद दीपक मनाङेकी श्रीमती दिछेन डोल्मालाई बहुमूल्य मूर्ति चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनलाई मकवानपुर प्रहरीले पदमपोखरीबाट पक्राउ गरेको थियो।

दिछेनविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउपुर्जी जारी गरेपछि मकवानपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

प्रतिकात्मक फोटो

पोखरामा एक जनाको घरमा राखेको मूर्ति चोरेको आरोप डोल्मामाथि लागेको छ । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठको भनाई रहेको नेपाल समाचारपत्र दैनिकमा खवर छ।





Comments

comments

39424