हङकङ आगलागीमा ज्यान गुमाएका नेपाली बाबुछोरीको अन्त्येष्टि…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ डिसेम्बर। हङकङ आगलागीमा ज्यान गुमाएका बाबुछोरी युवाराज कंडेल र कृतीको विहीवार अन्त्येष्टि गरिएको छ।

जन्मदिवसको पार्टी र दीपावली मनाउंने क्रममा आगलागी हुंदा ज्यान गुमाएका युवाराज कंडेल र कृतीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हुङ होमस्थित इन्टर्नेशनल फ्युनरल पार्लरमा हङकङेली नेपाली भेला भएका थिए।

अब तस्वीर र सम्झनामा मात्र। फोटोः पूर्णिमा जी शाहको फेसबूकबाट

कंडेलका परिवार, आफन्त, नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरुसहित थुप्रै हङकङेली नेपालीले भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै कंडेल र छोरी कृतीलाई अन्तिम विदाई गरेका थिए।

कंडेल र उनकी छोरीको पार्थिव शरीरलाई चाई वानस्थित दाहसंस्कार स्थलमा अन्त्येष्टि गरिएको छ।

नोभेम्बर १५ तारिख साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा युवाराज कंडेल र कृतीसहित ८ जनाको ज्यान गएको थियो।

दुर्घटनामा १० जना घाइते भएका थिए।

अब तस्वीर र सम्झनामा




Comments

comments

39749