आकृति भईन् मिसेस तामाङ – २०२०

काठमाडौँ : एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन्।

उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन्। त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्ली, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए।

आकृति तामाङ

प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा बिसेष अतिथिहरु पूर्वमन्त्री पर्शुराम तामाङ र धनबहादुर घले रहेका थिए। बिगत ३ बर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ,रोशन तामाङ, बिरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए।

प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०,२५,१५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए। तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित गृहिणी/व्यवसायिक तामाङ महिला दिदीबहिनीमार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो।

.

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन्। प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङबाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन्। यस सौन्दर्य प्रतियोगीताले बिबाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छिन्। प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39851