अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर सधैँका लागि बन्द…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ। ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो।

उनको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उनले राखेकाले उनको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उनका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उनले ट्वीटरमा राखेपछि उनको सर्वत्र आलोचना भएको थियो । उहाँले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उहाँविरुद्धको आक्रोस थप बढेको थियो।

ट्वीटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो।

Photo: Agency

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताउनु भएको थियो । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ। सिन्ह्वा / Photo: Agency





Comments

comments

39954