हङकङ कोरोना अपडेट : नर्थ पोइन्टमा लकडाउन, सरकारको लकडाउन अपरेसन सफल बन्दै, सङ्क्रमित संख्या ३९, एम्बुस लकडाउन जारी…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जनवरी। हङकङ सरकारको लकडाउन अपरेसन सफल बन्दै गएको छ। कोरोना प्रकोप फैलिएका ठाउंहरुमा निषेधित क्षेत्र घोषणा गर्दै सबैको भाइरस टेस्ट गराएर सङ्क्रमितको पहिचान गरेपछि यसको संख्यामा कमी आएको हो।

हङकङमा २४ घण्टाभित्र ३९ जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,३२२ पुगेको छ। सङ्क्रमितहरुमा ३८ स्थानीय र १ आयातित रहेका छन्।

आयातित एक जनामा साउथ कोरियाबाट हङकङ आएका रहेका छन्।

संक्रमितहरुमध्ये १८ पुराना केससंग संबन्धित छन् भने २० जनाको संक्रमणको स्रोत खुलेको छैन।

समाचार अपडेट भिडियो

पछिल्लो सरकारी आकाँडा अनुसार ९,२३९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८३६ जनाको उपचार भइरहेको छ। ३२ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट थप २ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ४७ र ६७ वर्षीय पुरुष रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ।

फाइल फोटो

नर्थ पोइन्टमा लकडाउन

यसैबीच सरकारले कोरोना प्रकोप फैलिएका ठाउंहरुमा एम्बुस लकडाउन अपरेसनलाई जारी राख्ने भएको छ। सरकारले विहीवार साँझ ७ बजेदेखि नर्थ पोइन्टस्थित काम पिङ स्ट्रीटमा लकडाउन गरेर त्यहाँ बस्ने सबैको भाइरस टेस्ट गरिरहेको छ। लकडाउनबाट प्रभावित भवनमा Tung Fat Building को Blocks A, B, C, र D रहेका छन्।





Comments

comments

40302