हङकङ कोरोना अपडेट : ५० सङ्क्रमित थपिए, निर्माण क्षेत्रमा काम गर्ने ५ जनालाई सङ्क्रमण…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,३७२ पुगेको छ। सङ्क्रमितहरुमा ४८ स्थानीय र २ आयातित रहेका छन्।

आयातितमध्ये इन्डोनेसियाका घरेलु सहयोगी र दुबईबाट आएका एक यात्री रहेका छन्।

संक्रमितहरुमध्ये ३२ पुराना केससंग संबन्धित छन् भने १६ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आज पनि ३० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

सङ्क्रमितमध्ये पूर्व निषेधित क्षेत्र जोर्डनमा ४ जना सङ्क्रमित फेला परेका छन्। शाम शू पोबाट ३ जना र कोउलुन शहरबाट ११ जना फेला परेका छन्।

क्वोङ वाह अस्पताल भवनको निर्माण क्षेत्रमा काम गर्ने ५ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यहाँ कम्तीमा २ घण्टा बिताएका सबैले अनिवार्य भाइरस टेस्ट गर्नु पर्ने भएको छ।

समाचार अपडेट भिडियो

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Block 5 Lai Ping House Lai On Estate Sham Shui Po, Wing Tak Building Yau Ma Tei, Lok Ka House Hung Hom र building 31 Winslow Street रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,३०२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८११ जनाको उपचार भइरहेको छ। ३० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ।

फाइल फोटो




Comments

comments

40329