कोरोनाबाट हङकङमा थप ३ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ जनवरी। कोविड १९ (कोरोना) संक्रमणका कारण हङकङमा थप २ जना जेष्ठ नागरिक र १ महिलाको मृत्यु भएको अस्पताल अधिकारीले जनाएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ।

मृत्यु हुनेहरुमा ८३ र ९५ वर्षीय पुरुष रहेका छन्। पहिलोको एलिस हो मीयू लिंग नेदरसोल अस्पताल ताई पो मा शनिवार राति ८.०३ र दोश्रोको युनाइटेड क्रिश्चियन अस्पताल ९.३८ बजे मृत्यु भएको अस्पताल अधिकारीले जनाएको छ।

फोटो: साचामपो

त्यसैगरी, शनिवार साँझ कोरोना सङ्क्रमित ४६ वर्षीया महिलाको उपचारको क्रमममा क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा निधन भएको छ। आइसोलेसनमा राखेर उपचार गर्दै गर्दा अवस्था बिग्रँदै गएपछि उनको मृत्यु भएको जनाएको छ।

सरकारी आकाँडा अनुसार हङकङमा शनिवारसम्म कोरोना सङ्क्रमितको संख्या १०,४०० पुगेको छ। ९,३६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८०१ जनाको उपचार भइरहेको छ। २८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।





Comments

comments

40350