सिंहदरबारकै क्यान्टिनमा अखाद्य वस्तु

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण भइरहँदासमेत सरकारी निकाय रमिते बनिरहेका छन्।

सिंहदरबारका चमेना गृहमा उपभोग्य मिति समाप्त खाद्यवस्तु बिक्री वितरणसँगै उपभोक्ता संरक्षण ऐन २०७५ उल्लंघन भइरहेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा ती क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तु बिक्री भइरहेको खुलासा भएको हो । सिंहदरबारभित्रका कर्मचारी र सेवाग्रही लक्षित केन्द्रीय क्यान्टिन (कञ्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाइँकुण्ड भोजनालय अनुगमन गर्दा मापदण्डविपरित सञ्चालन भइरहेको पाइएको छ।

फाइल फोटो

यीमध्ये केन्द्रीय क्यानिटनलाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । कञ्चन चमेनागृहका नाममा सञ्चालित सो क्यान्टिनले कागजात देखाउन नसकेपछि कारवाही स्वरुप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर पाइएपछि सफाइ गर्नसमेत निर्देशन दिइएको छ । यस्ता क्यान्टिन सञ्चालन रद्द गर्नुपर्ने माग कर्मचारीले गरेका छन्। आजको राजधानी दैनिकमा समाचार छ।





Comments

comments

40758