सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ। सर्वोच्चको संसद् पुनर्स्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल समूहबाट हुन सक्ने प्रदर्शन र दुई समूहका नेता कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडपको आँकलनसहित सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको हो।

.

त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक तयारी गरिसकेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको जानकारी दिए।

‘सम्भावित चुनौतीलाई मूल्यांकन गरेर सुरक्षा सर्तकता बढाइएको छ, प्रदर्शन हुने स्थानमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा रहन निर्देशन दिइसकिएको छ,’ एआइजी पालले भने।

प्रहरीले काठमाडौंको माइतीघर मण्डला, शान्तिवाटिका, नयाँ बानेश्वर, भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुनसक्ने र झडपका घटना हुन सक्ने भन्दै उच्च सुरक्षा निगरानीमा राखेको हो। ती स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको आजको राजधानी दैनिकमा खवर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40775