तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन्।

जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको जसपाले प्रधानमन्त्री ओली र अर्को पक्षलाई उधारो होइन नगद मै मात्र कुरा हुने अडान लिएको हो।

.

एमाले र माओवादी केन्द्र दुवैले बुधबार पनि जसपाका नेतासँग भेट गरेका छन्। जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन् । समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन् । माओवादी केन्द्रले साथ छाडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास राखेका छन्।

माओवादी केन्द्र भने यो सरकारको विकल्पमा अर्को समीकरण बनेपछि मात्र समर्थन फिर्ता लिने पक्षमा देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।





Comments

comments

41008