Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाली मौलिक मगर चलचित्र ‘गाउला’ युट्युबमा सार्वजनिक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नेपाली मौलिक मगर चलचित्र ‘गाउला’ युट्युबमा सार्वजनिक

भुवनसिंह थापा –

नेपाली मौलिक मगर चलचित्र “गाउला” युट्युबमा सार्वजनिक भएको छ।

नेपाली चलचित्र इतिहासमा मौलिकता खोज्ने प्रयास अझै जीवित छ। त्यसमाथि नेपालीको आफ्नै समुदाय र परिवेशलाई दन्त्यकथा,यथार्थ कथा र काल्पनिक कथाहरुभित्र रहेर लघुचलचित्र,डकुमेन्ट्री र म्यूजिक भिडियोहरु निर्माण गर्ने गरेको पाईन्छ।

यसै परिकल्पनामा आफ्नो जीवन्त खोज्दै चलचित्रका निर्माता रुपलाल बुढामगरले चलचित्रको कथा लेख्न शुरु गरे। कथा चलचित्र विश्व मगर संघका अध्यक्ष लक्ष्मण मार्के मगरलाई सुनाईयो। आफ्नै पूर्खौली पेशा भेडी गोठको कथामा रहेर चलचित्र निर्देशक बिवेश बुढामगरले चलचित्र निर्माण र निर्देशन गरे।

.

यस चलचित्रको छायाँकन पूर्वी/पश्चिम रुकुम,बाग्लुङ,काठ्माडौं उपत्यकाको ३ जिल्लाभित्र छायाँकन गरिएको छ। यो चलचित्र नेपाल आदिवासी समुदायभित्र मगर चलचित्रमा पहिलो फुल एचएडीमा छायाँकन गरिएको पहिलो चलचित्र हो।

यस चलचित्रले MFA,TITV,NIIF@NEFTA Hong Kong को अवार्डमा भाग लिन सफलता प्राप्त गरेको थियो। यस चलचित्रलाई च्यारिटी शो भनेर UK, America, Belgium, Portugal, Korea, Japan इत्यादि देशमा प्रदर्शन गरिएको थियो। चलचित्रको छायाँकन सन्तोष पिठाकोटे मगरले गरेका छन् भने सहनिर्माता अनिल बुदामगर हुन्। यस चलचित्रको गीत, संगीत र कोरियोग्राफी नारायण बुढामगरको रहेको छ भने गीत कुष्मिता दर्लामी र बिवेश मगरको रहेको छ।

भिडियोः





Comments

comments

41019