दीननाथ बराल –
पोखरा, पोखरामा चैत २१ गतेदेखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ।
प्रतियोगिता पोखरा रंगशालामा चैत २१ गतेदेखि चैत २८ गतेसम्म हुने भएको सहारा क्लवले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो।
क्लवले यसअघि चैत १७ गतेबाट उक्त प्रतियोगिता सुरु हुने पूर्व घोषणा गरे पनि यसपाली ८ टिम मात्र सहभागि हुने भएकोले चैत २१ गते बाट उत्त प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको उनले जनाए । त्यसै गरी प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्याङदी क्लब, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको ए.पि.एफ.क्लव, रुस्लान थ्रि—स्टार क्लव, संकटा क्लव र मछिन्द्र क्लब सहभागि हुने भएका छन्।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ आयोजना हुने उक्त प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब हो भने उपविजेता नेपाल पुलिस क्लब रहेको थियो।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ।
प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ।
उक्त प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको महासचिब रामजी प्रसाद अधिकारीले बताए । ७ दिन संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न भने १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने क्लवले जनाएको छ।
यसैबिच, पत्रकार सम्मेलनमा सहारा यु.के.बाट प्राप्त आकर्षक ट्रफी हस्तान्तरण गरिएको छ । सहारा यु.के.का महासचिव धनु पुरण थकाली, सहारा यू.के.का सदस्य एवं तमु धिं यू.के.का कोषाध्यक्ष कमल गुरुङले हरेक खेलको म्यान अफ दी म्याचको लागि युकेबाट प्राप्त ट्रफी सहयोग हस्तान्तरण गरेका हुन्। क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि. रहेको छ । यस बर्ष देखि उद्योगपति सुर्य बहादुर के.सी.को स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार स्वरुपको रकम उपलब्ध हुने भएको छ।
सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा क्लब हङ्गकङ्ग÷सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । अफिसियल पानीमा पियूरो पानी रहेको छ।
क्लवले यस बर्ष पनि सर्वोउत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एक जनालाई सम्मान गर्ने भएको छ । क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङबाट उक्त पुरस्कार रुवरुप ३५ हजार रुपैया उपलब्ध गराउने भएका हुन्।