नेपाल समूहको भेलाः आफ्नै अध्यक्षमाथि आरोपको थुप्रो

नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।

काठमाडौंमा भइरहेको सो राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्ने प्रायः सबै जसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाए।

उद्घाटन सत्र सकेर सुरु भएको बन्दसत्रमा अवधारणापत्र पेस गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टी एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको दाबी गरे । अवधारणापत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ।

.

‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पु(यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउनुभयो,’ अवधारणापत्रमा भनिएको छ।

एमाले नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र डा। वेदुराम भुसालसहितको पाँच सदस्यीय कार्यदलले अवधारणापत्र तयार गरेको बताइएको छ।

७० वर्षमा कम्युनिस्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धिको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ–नयाँ क्षितिज उघार्दै अघि बढ्न पर्याप्त सम्भावना रहेको विषयलाई समेत अवधारणापत्रमा उल्लेख गरिएको आजको राजधानी दैनिकमा खवर छ।





Comments

comments

41110