मृगौला पीडितलाई कोरियाबाट सहयोग

सुरज गुरुङ / एचकेनेपाल डट कम-
मानिसलाई सोचे जस्तो नहुदो रहेछ। जीवनका घुम्तीहरु पार गर्दै जाने क्रममा आफूले नसोचेको र थाम्न नसिकने पीडाहरुको सामना गर्नु पर्दो रहेछ।

समयले मानिसको जीवनमा गुहार माग्ने बाध्यात्मक परिस्थिति सिर्जना हुँदो रहेछ। त्यसैले होला यस घडीमा बल बहादुर गुरुङले आफन्त र शुभेच्छुक साथीहरुलाई सम्झिरहनु भएको छ। उहाँ आज अस्वस्थ्य मात्र हुनुहुन्न औषधी उपचार गर्ने खर्च जोहो गर्न असमर्थ हुनुहुन्छ।

कास्की जिल्ला चापाकोट गा.वि.स. वाड नं. १ धर्मडाँडा मार्गी गाउं निवासी श्री बल बहादुर गुरुङ मृगौला फेल भई हाल मणिपाल अस्पताल पोखरामा हप्तामा २ पटक डाईलोसिस गरि रहनु भएको छ। चिकित्सकको सल्लाह अनुुसार यथासिघ्र किड्नी प्रत्यारोपण गरेमात्र दीर्घकालिन जीवन प्राप्त हुने बताएको छ।

यसै सिल्सिलामा दक्षिण कोरियामा रहनु भएका यहाँका गाउले दाजुभाईहरु मिलेर आर्थिक संकलन गरेको थियो। आर्थिक संकलन गर्नेहरुमा कुल बहादुर गुरुङ–मार्गी १,००,०००वन, मिन बहादुर गुरुङ–पामे ६०,०००वन, बिजय गुरुङ–मार्गी ६०,०००वन, सोम गुरुङ–पामे ५०,०००वन, बिक्की गुरुङ–पामे ५०,०००वन, नविन गुरुङ–अनदु ५०,०००वन, लक्ष्मन क्षेत्री–स्याङ्जा ४०,०००वन जम्मा ४,१०,०००वन संकलन भएको थियो।

त्यस्तै कास्की परिवार दक्षिण कोरियाको पहलमा गत आईताबार १ तारिखका दिन नेपाली चलचित्र जेरी प्रदर्शनी हलमा ४,६०,०००वन आर्थिक संकलन गरी सोही हलमा कास्की परिवारका अध्यक्ष श्री नविन गुरुङले पीडितका आफन्त श्री दिल पासालाई हस्तान्तरण गरेको थयो। पीडितको गाउले दाजुभाई तथा कास्की परिवरको संयुक्त रुपमा ८,७०,०००वन अर्थात नेपाली रु ८१,७०० गत सोमबार नेपाल पीडितलाई पठाईसकेको छ।





Comments

comments

4116