Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
त्रिमूर्ति निकेतनमा ११३औं सम जयन्ती – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

त्रिमूर्ति निकेतनमा ११३औं सम जयन्ती

एचकेनेपाल डट कम संवाददाता –
माघ २४, काठमाडौं। त्रिमूर्ति निकेतनले शनिवार नाट्यसम्राट् बालकृष्ण समको ११३ औँ जयन्ती मनाएको छ।

निकेतनका का अध्यक्ष इन्दिरा प्रसाईले सोही उपलक्ष्यमा बालकृष्ण सम तथा कविशिरोमणि लेखनाथ पौडयाल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा माल्यार्पण गर्नुभयो।

त्रिमूर्ति निकेतनद्बारा आयोजित विशेष काव्यसभामा सुनीता कार्की, ठाकुर बेलवासे, बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको थियो।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नाट्यसम्राट् बालकृष्ण समको नेपाली भाषासाहित्यमा भएको योगदानका विषयमा चर्चा गर्नुभयो। साथै उहाँहरुले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हुन्छ भन्नुभयो।





Comments

comments

4141