Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपालप्रेमी थिए राजकुमार फिलिप – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

नेपालप्रेमी थिए राजकुमार फिलिप

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिपसँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले भने।

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालीन राजसंस्थासँग नजिकको सम्बन्धजस्ता कारणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपले नेपाललाई थप महत्त्व दिएको डा. धितालको बुझाइ छ।

फाइल फोटो

कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ। नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए। उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराजकुमार नीराजन राजकुमार र महारानीको सम्पर्कमै बस्ने गरेको बताए।

लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन्। ‘दोस्रो विश्वयुद्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रूपमा उहाँले महत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटेका डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट पनि ठूलो योगदान पुर्‍याउनुभएको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ।





Comments

comments

41439