हङकङ कोरोना न्युज अपडेट : ८ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० अप्रिल। हङकङमा मंगलवार ५ स्थानीय र ३ आयातित गरी ८ सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७०४ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा भारतबाट आएका २ वर्ष उमेरका एक बालक र एक बालिका रहेका छन्। त्यस्तै, अर्का आयातित सङ्क्रमित फिलिपिन्सबाट आएकी ३७ वर्षीया महिला रहेकी छन्।

कुल सङ्क्रमितहरुमा २ वर्षदेखि ५७ वर्ष उमेरबीचका २ पुरुष र ६ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२८६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १६९ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41580