हङकङ कोरोना न्युज अपडेट : ६ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ अप्रिल। हङकङमा ४ आयातित र २ स्थानीय गरी ६ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७३७ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा फिलिपिन्सबाट १ र इन्डोनेसियाबाट आएका ३ जना रहेका छन्।

स्थानीय सङ्क्रमितमा Block 4, La Cite Noble, Tseung Kwan O मा बस्ने ६० वर्षीय पुरुष र ५६ वर्षीया महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३५४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३७ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41719