हङकङ सरकारले लगायो नेपालबाट आउने उडानमाथि फेरि प्रतिबन्ध…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ मे। हङकङ सरकारले आज मे १ तारिखदेखि नेपालबाट आउने उडानमाथि अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ।

हङकङले नेपाललाई कोरोना सङ्क्रमणको अत्यन्त उच्च जोखिमको समूहमा राख्दै नेपालबाट आउने उडानलाई प्रतिबन्ध लगाएको हो। नेपालबाट आउने उडानलाई कहिलेसम्म प्रतिबन्ध लगाइएको हो त्यसबारे स्पष्ट पारेको छैन।

पछिल्लो पटक अप्रिल २९ तारिख हङकङमा स्थानीय सङ्क्रमितको संख्या शून्यमा झर्दा १५ आयातित सङ्क्रमित थपिएका थिए। जसमा नेपालबाट आएका १३ जना यात्रुमा कोरोना पोजिटिभ भेटिएपछि हङकङ सरकारले नेपालबाट आउने उडानमाथि प्रतिबन्ध लगाएको हो।

यसअघि, नेपालबाट हङकङ आउंदा यात्रुले ४८ घण्टे पीसीआर परीक्षणको प्रमाणपत्र पेश गर्नु पर्थ्यो। हङकङमा पुनः परीक्षणपछि २१ दिन अनिवार्य क्वारेन्टिन बस्ने प्रावधान थियो।

सरकारले अत्यन्त उच्च जोखिममा रहेका भारत, पाकिस्तान र फिलिपिन्सबाट आउंने सबै उडानहरुमाथि अप्रिल २० तारिखदेखि प्रतिबन्ध लगाइसकेको छ।

हङकङमा आज पनि स्थानीय कोरोना सङ्क्रमित संख्या शून्यमा झरेको छ भने आयातित ८ थपिएका छन्।

सरकारी आकाँडा अनुसार हालसम्म ११,४३२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १०२ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

41871