परिवारभित्रै संक्रमण तीव्र

दुई साताअघि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंका ७५ वर्षीय बाबु र ४० वर्षीय छोरा शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना भए। भर्ना भएको पाँच/छ दिनमै बुवा र दुई सातामा छोरोको मृत्यु भयो।

त्यो परिवारमा सबैजनालाई कोरोना संक्रमण भएको थियो।

जटिल समस्या देखिएका बाबु–छोरा उपचारको लागि अस्पताल पुगेका थिए। चिकित्सकले निरन्तर प्रयास गर्दा पनि उनीहरूलाई बचाउन सकेनन्। उपचार गर्दागर्दै दुवैको किन मृत्यु भयो भन्ने प्रश्नमा यकिन जबाफ नभएको उपचारमा संलग्न डाक्टर किजन महर्जन बताउँछन्। ‘ढिला उपचारमा पुगेर हो या अन्य कारण, हामी केही भन्न सक्दैनौं, यो रोग नै यस्तै छ, कसैलाई गम्भीर बनाउँछ’, उनले भने।

फाइल फोटो

दुई साताअघि पाटन अस्पतालमा उपचारका क्रममा ससुरा–बुहारीको मृत्यु भयो। दुवैमा कोरोना संक्रमण थियो। परिवारका अन्य सदस्यमा पनि संक्रमण थियो तर ससुरा–बुहारीमा जटिल समस्या देखिएको अस्पताल स्रोतले बतायो। यसै साता सुनसरीकी ८४ वर्षीया महिला र उनका ६५ वर्षीय छोराको पनि मृत्यु भयो। त्यो परिवारका ८ जनामा संक्रमण भएको थियो।

परिवारका सबै सदस्यमा संक्रमण भएर मृत्यु भएका यी प्रतिनिधि घटना हुन्। यसरी परिवार नै संक्रमित भएर ज्यान गुमाउने धेरै भएको चिकित्सक बताउँछन्। गत १७ गते संक्रमणबाट मृत्यु भएकी दोलाखाकी २९ वर्षीया महिलाका बुवाको वीर अस्पतालमा भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको छ। उनीहरूको परिवारका अन्य सदस्य पनि संक्रमित थिए। परिवारका संक्रमितमध्येमा दुईजनामा जटिल समस्या देखियो।

दोस्रो लहरको कोरोना संक्रमणबाट एकैपटक परिवारका धेरै सदस्य संक्रमित भएको चिकित्सक बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

42007