हङकङ कोरोना न्युज अपडेट : ३ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज हङकङमा १ स्थानीय र २ आयातित गरी ३ जना कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८१८ पुगेको छ।

आयातित सङ्क्रमितमा फ्रान्सबाट आएका ४३ वर्षीय पुरुष र इन्डोनेसियाबाट आएकी ३५ वर्षीया महिला रहेका छन्।

स्थानीय सङ्क्रमितमा भारतीय इन्जिनियरकी फिलिपिनो प्रेमिकाको क्लोज कन्ट्याकमा रहेकी ४० वर्षीया महिला रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५११ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६३ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42221