चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन्। चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो । अब विदेशी नागरिक तथा कार्गाेका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन्।

फाइल फोटो

अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् । उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए।

उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो तिर्नुपर्छ । उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं–रियादका लागि रू. ८९ हजार ५००, काठमाडौं–दमामका लागि रू. ८४ हजार ५०० र काठमाडौं–जेद्दा उडानका लागि रू. ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ । सरकारले गत वैशाख २३ गते बिहीबारदेखि अन्तरराष्ट्रिय नियमित उडानमा रोक लगाएको छ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42409