हङकङ कोरोना न्युज अपडेट : आज १ जनामात्र सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज १ जनामात्र स्थानीय कोरोना सङ्क्रमित थपिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३४ पुगेको छ।

स्थानीय सङ्क्रमितमा ४६ वर्षीया फिलिपिनो घरेलुसहयोगी रहेकी छन्। उनको संक्रमणको स्रोत खुलेको छैन।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५५६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३६ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्



Comments

comments

Leave a Reply

42476
%d bloggers like this: