गीत गाएर विश्व रेकर्ड बनाएका शेर्पाको फेरि अर्को विश्व रेकर्ड….

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन्। हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन्।

उनले हालै राखेको रेकर्डचाहिँ विश्वको सर्वोच्च स्थानमा आफूले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन्।

सगरमाथाको बेसक्याम्पमा

शेर्पाले सन् २००४ मा “गीत एक अक्षरको” नामक एल्बममा देवनागरी लिपिको एक अक्षर “म” मात्रै प्रयोग गरिएको गीत ” मिर्मीमा ” गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्‍यो।

आधिकारिक प्रमाणपत्र

यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्ड समेत शेर्पाले राख्न सफल भएका हुन्।





Comments

comments

Leave a Reply

42482