हङकङ कोरोना न्युज अपडेट : आज लोकल केस जिरो, आयातित १ जनामात्र…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज १ जनामात्र आयातित कोरोना सङ्क्रमित थपिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३७ पुगेको छ।

आयातित सङ्क्रमितमा संयुक्त अरब एमिरेट्सबाट आएकी २७ वर्षीया रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५६१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३४ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42549