हङकङ कोरोना न्युज अपडेट : हङकङमा ७ महिनामा पहिलो पटक सङ्क्रमित संख्या शून्य…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार ७ महिनामा पहिलो पटक हङकङमा कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको छ।

स्थानीय सङ्क्रमितको संख्या पटक पटक शून्यमा झरे पनि आयातित सङ्क्रमित थपिएका थिए। तर आज आयातित सङ्क्रमितसमेत नथपिएको जनाएको छ।

हालसम्म कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३७ रहेको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार ३१ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42564