हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो, १ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज बुधवार स्थानीय कोरोना सङ्क्रमित को संख्या पुनः शून्यमा झरेको छ।

आज १ जनामात्र आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८४९ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा संयुक्त अरब इमिरेट्सबाट आएका ५८ वर्षीय पुरुष रहेका छन्।

कोरोना सङ्क्रमित ३२ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42716