हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, १ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज विहीवार पनि स्थानीय कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको छ।

आज १ जनामात्र आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८५० पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी ३७ वर्षीया घरेलुकामदार रहेकी छन्।

कोरोना सङ्क्रमित ३१ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42735